नियम २१
जग्गाको किसिम वर्गीकरण सम्बन्धी उजुरी

(१) नियम २० को उपनियम (३) बमोजिम जग्गाको किसिम वर्गिकरण गरिएकोमा सो उपर चित्त नबुझ्ने व्यक्तिले जग्गाको किसिम वर्गीकरण गरेको सूचना प्रकाशन भएको मितिले सात दिनभित्र नापी गोश्वरामा उजुरी गर्न सक्नेछ । यसरी परेको उजुरी उपर देहाय बमोजिमको समितिले छानविन गरी निर्णय गर्नेछ र सो समितिले गरेको निर्णय अन्तिम हुनेछ ः–
(क) गाउ“ विकास समिति क्षेत्रको लागि –
(१) सम्बन्धित गाउ“ विकास समितिको अध्यक्ष – अध्यक्ष
(२) मालपोत अधिकृत – सदस्य
(३) नापी अधिकृत – सदस्य
(ख) नगरपालिका क्षेत्रको लागि –
(१) नगरपालिकाको प्रमुख – अध्यक्ष
(२) मालपोत कार्यालयको प्रमुख – सदस्य
(३) नापी गोश्वारा प्रमुख – सदस्य